Posts

Showing posts from March, 2023

आज त उन्को जन्मदिन 💗

Image
 आजको दिन ... अर्थात  26 Mar रातको १२ बजे म बिउझिए  पहिले झै .... मलाई राम्रोसङ याद छ..... आज तिम्रो जन्मदिन...हामी छुट्टिएको केही महिनापछि सम्झेँ, आज त उसको जन्मदिन ! कसैले शुभकामना दिए होला कि नाइ    भन्ने खुल्दुली लाग्यो... ? .. तिम्रो profile मा गएर हेरे  शुभकामना दिनेको लर्को नै थियो....... त्यहा  तिमिलाई त मेरो शुभकामना आउनु र नआउनुमा कुनै मत्लब नै थिएन .....!  तर पनि....... मैले आफुलाई थाम्न नै नसकेर मोबाइलको    #contactlist   हेरेँ, तिम्रो नम्बर त पहिल्यै डिलिट गरिसकेको रहेछु । तर  औलाहरु तिम्रो नम्बर थिच्न तत्पर थिए...यी औँलाहरूले बिर्सेका रहेनछन् । नम्बर डायल भयो तर मोबाइलको रिङ्ग हुन नपाउदै मैले.. फोन काटिदिए ... भन्न त  तिमिलाई धेरै कुरा भन्न थियो "हलो" "ह्यापी बर्थडे" "कता छौ?" "आज भेट्न मिल्छ ?" यस्तै यस्तै.... सबथोक त ठिक थियो, ठिक नभएको  त तिम्रो र मेरो सम्बन्ध न  थियो । केही समयको मीठो कुराकानी पछि मैले उसलाई मुरि मुरि धन्यवाद दिन्थे सायद....। उसले दिएको साथ र सहयोगका लागि । उसले दिएको ...

आखिर कहिले सम्म 😥

Image
 सधै झै आज पनि घाम उदाएकै छ ..!यि हावा आज पनि आफ्नै पारामा बहिरहेका छन..! पहिले झै मानिस हिजोआज पनि दौडधुप गर्दै छन..! कोहि कमाउन कोहि रमाउन त कोहि अघाउन र कसैको आज पनि भोको पेट पनि दन दन आगो बलेको बलै छ, हिजोलाई बिर्सिएर आजलाई हेर हाम्रो काठमाडौको गहना रानिपोखरी आज पनि त सुकेको सुक्यै छ, राज्यको ढुकुटी रित्तिनु  रित्तिएछ, कि कसो सत्तामा बसेर बेमौषमको उत्सवमा सरकारले रत्यौली खेलेर,खादो आफैलाई नखादो आफैलाई ओढाएर,आफूले आफैलाई नदुखुन्जेल धाप मारेर, अझै चोखो हुने युक्ति पनि त गरिएकै छ, हेर त यो नेपाल हो, यहा जे पनि हुन्छ नयाँ नयाँ गफाडिहरू नै सत्तामा पुग्छन                             माहामारीको नाम दिएर   हूलका हूल जम्मा भएर, हिडेका हिडै छन जात र धर्मको नाममा  आ-आफ्नै भजन गाएका गाएै छन् यता एकनासले कोहि मोटाउदै छ त कोहि.. भोकले मरिरहेछ भष्मासुरहरु कुर्सी  दाऊमा छन्, एकले आर्काको पिठ्यूमा छुरा धसेर, सेतोलाई कालो वनाउंने खेलमा आज न्यायका प्रतीक भनिखाने नै छन  अब हेर त मुकुन्डो भित्र ...