जिन्दगिको उदाउँदो घाम त जन्मदाता हुन्😍😍❣️🙏
सम्बन्ध त बिग्री सक्यो ।त्यै पनि मन थामिएन
त्यो तिम्रो मिठो बोली" अनि ती तिम्रा गुलिया शब्दहरु👉️ तिमि मेरो साहारा हौ ,तिमी मेरो सपना हौ,तिमी मेरो मुटु हौ,तिमी मेरो प्राण हौ " यस्तै यस्तै शब्दले मलाई तिम्रो प्रेमको समुन्द्रमा त डुवायौ । ठिक छ। तिम्रो बिस्वास गरेर लठ्ठ परेर मैले तिमी सँग प्रेम गर्नु मेरै दोष हो । आज पनि यस्तै यस्तै वोलेर कसैसँग सम्बन्ध वनाउदै छौ भने । मेरो अन्तिम बिन्ति उ माथि पनि यसरी मायाको जाल नफाल
प्रेमको धोका ले धेरै पोल्दो रहेछ। 👉️साथिहरु भन्थे तर मैले मानिन 👇️👇️
माया पिडा हो अरे
मनमा घोपिने छुरा हो अरे।
माया संसार हो अरे
आसुको ताल बनाई डुबाउछ अरे।
मायाले मन दुखाउछ अरे
सधै रूवाउछ अरे।
तर मलाई तिमी बाट यी कुराहरुको अपेक्षा थिएन तर जे थिएन त्यही भयो
तिमि मेरो लागी अस्ताउदो घाम जस्तै भयौ 😊😊
बिहानै उदाएउ मेरो जिन्दगीमा
बादलको झोंकमा परेर कहिलेकाहीँ बिलायौ
बिस्तारै बादलको रीस - आँशु बनाएर म माथी खन्यायौ
हो यो कुरा सत्य हो, कुनै समय रुनु पनि पर्छ
मनको मैलो आँशुले पखाल्छ
पुन: घाम जस्तै तिमि उदाईरहेउ
एउटै घाम हरेक बिहान उदाईरहन्छ
झरीको झोंकमा परेर कहिलेकाहीँ घामपानी दर्किन्छ
बिस्तारै झरीको रीस- इन्द्रेणी बनेर रोकिन्छ
हो यो कुरा पक्का हो, हाँस्दै आँसु खस्नु भनेको
खुशीले आत्मविभोर हुनु हो
पुन: घाम उस्तै उदाईरहन्छ
हरेक दिन झै पुनः घाम उदायो
हुरी बतासको झोंकमा परेर
घामले निस्तेज मन दुखाउँछ
बिस्तारै हुरीको रीस - शान्त थकान बनेर रोकिन्छ
यो हुन जरुरी छ, यो मौनता छाउनु भनेको
आवेग सम्प्रेषण हुनु हो
पुन: घाम उस्तै उदाईरहन्छ
एउटै घाम हो बिहानै उदाउछ
यी बादल, झरी, हुरी बतास
सबै एक घटना हुन
सबै सहिरहन्छ घाम
अनि एउटा सुन्दर दिनको शुरूवात गर्छ
एउटै घाम हो बिहानै उदाउछ सधै झै तिमी पनि धेरै पटक उदायौ मेरो जिन्दगीमा तर हरेक दिन उदाउन सकेनौ प्रिय .. उदाउन खोजेउ तर बाधा अड्चनलाई पार लगाएर उदाउन सकेनौ.. घाम जस्तै संघर्षरत तिमी रहेनौ .. तिमी मेरो जिन्दगीमा उदाउदो घाम भएनौ केवल अस्ताउदो घाममा सिमित भयौ
मेरो लागि उदाउदो घाम मेरो - जन्मदाता हुन ... 🙏🙏

Comments
Post a Comment