मेरो जन्मभुमि ❣️
किन नौलो लाग्छ आफ्नै जन्मभूमि
मेरो गाउको सुन्दरतामा रमाउनेहरु लाई स्वागत छ
प्राकृतिक सौंन्दर्यतामा हराउनेहरु लाई स्वागत छ
खोला नाला हिमाल पहाड तराई हरियो सुन्दर वन
धर्ती को स्वर्ग मा हाँस्ने हँसाउनेहरु लाई स्वागत छ
आउनुस रमाउनुस कस्तो छ मेरो प्यारो जन्मभुमी
प्राकृतिक सम्पदालाई बचाउनेहरु लाई स्वागत छ
संस्कृति र प्रकृतिले धनी सच्च नेपाली स्वभिमानी
नेपालकै चित्र दिलमा सजाउनेहरु लाई स्वागत छ
👇️👇️👇️👇️👇️👇️
अध्ययनको शिलशिलामा गाँउ बाट तल झरें ।
स्वच्छ हावापानी छोडि म तामाकोसी तरें ।
उराँठलाग्दो मरुभूमि झैं काठमाण्डौ शहरमा ,
मेरो गाँउ गुन्सि संझी तड्पिएर पल-पल रोएँ ।
प्रकृतिले छरेकि छिन अनमोल उपहार ।
गुन्सीको बिचमा छ हाम्रो सानो बजार ।
हरियो डाडा पाखाको काखमा सुति
मुस्कुराउँछ हर पल हाम्रो सानो शहर ।
गुन्सिको फेदिमा चौरी खोली बग्छिन् ।
सारा सजिवहरुको प्यास मेट्ने गर्दछिन् ।
किनाराका हरियाली खेतीपाती हेर्दै ,
आफ्नो सिप देखि उनि आफै दङ्ग पर्छिन ।
देउरालीको ठिक पारिपट्टि भदौरे गाँउ छ ।
मेरो जन्मभूमी पनि त्यहिँ ठाउँमा पर्छ ।
सुन्दरताले सजिएको मेरो शान्त गाँउमा,
डाडापाखाको हरियालिले सौन्दर्य छर्छ ।
प्रकृतिले सृजिएको मेरो प्यारो गाँउमा ।
काठमाण्डौको प्रदुषणले चिन्ता लाग्छ मनमा ।
कहिले पूरा होला मेरो अध्ययनको यात्रा ,
म त रम्छु मेरै सुन्दर जननी जन्मभूमीमा । म लडेर उठ्न सिकेको माटो ..!अनि मैले बामे सर्दै खुट्टा टेक्न सिकेको माटो...!मेरो प्राण भन्दा प्यारो छ। प्राकृतिक छठाहरुले सजिएको मेरो जन्मभूमि साँच्चिकै प्यारो छ, सँस्कृती र सम्पदा सँगको कलात्मक सम्बन्ध, खोला, नाला, झरना र छहराको मनमोहकता, आफैमा श्रृङ्गारिएको साँच्चिकै सुन्दर छ ! बाल्यकाल मा ठूलो लाग्ने डाँडाहरु अहिले सानो लाग्छन्, ...ति निस्वार्थी साथीहरु अहिले स्वार्थी भएका छन, बिना कारण रमाउने मनहरु अहिले रमाउन विभिन्न कारण हरु खोजिरन्छ,बस् पहिले चाहिँ कहिले ठूलो हुन्छु होला भनेर ठूलो हुन आतुर थिएँ, अहिले त्यहि वालापन को याद आउछ! ❣️❣️👇️
बिहानी पख क्षितिज मा देखिएका सुर्यका किरण, पन्छी हरुको मधुरगीत संगीत र चिरबिर चिरबिर अनि प्रकृति सौन्दर्यताको मनमोहक दृश्य, साथै पहाडको बिचबाट आफ्नौ बेगमा बगीरहेको स्वच्छ नदि, नाला उकाली ओराली, पहाड बेसी मा हुर्किएको त्यो बाल्य जीवन, र त्यहि बाल्यजीवनमा तिनै उकाली ओराली, खोला नालाको सुस्केरा सगै सुशेली मार्दै खोलाको मुहानबाट तामाको गाग्रीमा जल भरेर बिहानै घर मा लगी आमाले त्यो अमृत जस्तो मिठो जल लाई पाँचवटा तामाको अम्खोरामा भरि घरमा बनाएको मन्दिरमा दिनहुँ मिर्मिरे उज्यालोमा भगवान लाई चडाएको हिजो जस्तोलाग्छ| तिनै बनपाखा, उकाली ओराली, अनि खोलानाला मा खेल्दै आफ्नो बाल्यकाल बिताएको थिए| आज पनि मुटुको भित्रि कुनामा तिनै पाखा पखेरा, उकाली ओराली, अनि बेसी र देउराली
जन्मभुमी तिमिलाई नै सम्झन्छु मैले ....घरी घरी बनजङ्गलले ढाकेको डाडा पाखा अनि सुन्दर बस्ति
कति मिठो प्यास मेट्ने मुलको पानी
उत्तरमा देखिने हिमालको दन्ते लहर
चिसो हावा शुद्ध पानी भन किन चाइयो सहर
सधै भरी यहि बितोस जिवनको हरेक प्रहर
👇️👇️👇️👇️👇️👇️👇️👇️👇️👇️
रुने छैन अब कहिलै मेरो दिल यो पत्थर छ
नदेखाउनु आश महलको मेरो गाउमा झुप्रो घर छ |
ढुङ्गा माटो अनि खरको सुन्दर महल बनाउँदैछु म
सरकार तैले भन्दे यसको तिर्नु पर्ने कति कर छ |
फर्कदैछु छिटै परदेशबाट म आफ्नै जननी जन्मभूमी
मेरो गाउँघर हराभरा पार्न मलाई असाध्यै रहर छ | बाख्रा कुखुरा भैंसी पाली जीवन जेनतेन चलाउनेछु
तिर्नै नसक्ने कर लाग्छ की भन्ने मनमा एउटै डर छ |
दश नंग्रा खियाएर नै मुस्काएर पाखोबारि सजाउँछु
पढाईको बदलामा मलाई स्वदेशी कृषिको नै भर छ मेरो जन्मभुमि ❣️❣️❣️

Comments
Post a Comment