Posts

Showing posts from May, 2021
Image
 समयभन्दा बलवान् को छ र ?  भाग्यभन्दा बढी कसले के पाएको छ र ? कर्ममै खोट भएपछि हेर त यहा कसको के नै लागेको छ  र ? एकनासले चलिरहेको जिन्दगीमा अचानक ब्रेक लाग्यो  कोरोनाले सबैलाई के गर्यो , गर्यो  आखिर सोचेकोजस्तो जिन्दगी कहाँ रहेछ र  के जमाना आयो अहिले पृथ्वीको बोज हल्का गर्न के के रोग आयो नि यस्तो कहिले औले ज्वरो कहिले  निमोनिया त्यस पछि कोरोना अब झनै गरिब निमुखाले कति दुख  पाउने हुन  हिजो सानो उमेर देखि  हास्दै रमाउदै झगडा गर्दै नजिकिएका साथि संगै पनि डराउनु पर्ने  कस्तो जमाना आयो।। हिजो गाउभर बलवान् भनेर चिनिएका पल्लाघरे काका आज  कोरोनासङ्ग लड्ने क्षमता राख्दैनन रे .. बुद्धिमान भनेर चिनिने मान्छे आज माहामारी नियन्त्रणको लागि गाउका पाटी पौवामा आमसभा समेत गर्दैनन रे .. गाउकै उच्चओदामा रहेको धनि पनि त आज कोरोनाको शिकार भइ ज्यान गुमाउनु परेको छ अरे  सन्सार भरी कोरोनाको डर अनि त्राश  छाएको बेला हेर त  हिजो हाम्रा चेलीले मेन्दी लगाउने हातमा आज सेनेटाइजर लगाउनु  परेको छ।।  जिन्दगी  त आखिर मरे पछी  ...