समयभन्दा बलवान् को छ र ?
भाग्यभन्दा बढी कसले के पाएको छ र ?
कर्ममै खोट भएपछि हेर त यहा कसको के नै लागेको छ र ?
एकनासले चलिरहेको जिन्दगीमा अचानक ब्रेक लाग्यो
कोरोनाले सबैलाई के गर्यो , गर्यो
आखिर सोचेकोजस्तो जिन्दगी कहाँ रहेछ र के जमाना आयो अहिले पृथ्वीको बोज हल्का गर्न के के रोग आयो नि यस्तो कहिले औले ज्वरो कहिले निमोनिया त्यस पछि कोरोना अब झनै गरिब निमुखाले कति दुख पाउने हुन हिजो सानो उमेर देखि हास्दै रमाउदै झगडा गर्दै नजिकिएका साथि संगै पनि डराउनु पर्ने कस्तो जमाना आयो।। हिजो गाउभर बलवान् भनेर चिनिएका पल्लाघरे काका आज कोरोनासङ्ग लड्ने क्षमता राख्दैनन रे .. बुद्धिमान भनेर चिनिने मान्छे आज माहामारी नियन्त्रणको लागि गाउका पाटी पौवामा आमसभा समेत गर्दैनन रे .. गाउकै उच्चओदामा रहेको धनि पनि त आज कोरोनाको शिकार भइ ज्यान गुमाउनु परेको छ अरे सन्सार भरी कोरोनाको डर अनि त्राश छाएको बेला हेर त हिजो हाम्रा चेलीले मेन्दी लगाउने हातमा आज सेनेटाइजर लगाउनु परेको छ।।
जिन्दगी त आखिर मरे पछी एकमुठ्ठी खरानी नै हो नि ..! म होइन नि कसरि भनौ भोलिलाई नियालेर हेर त ..यस्तै हो भने मानव अस्तित्वको नाश निश्चित त देखिन्छ
हिजो आफ्नै ले धोका दिन्छन भन्थे तर आज त आफ्नैले रोग दिन्छन कसैलाई बिश्वास गर्ने जमाना छैन नि .. नौ महिना कोखमा बोकेकी आमाको समेत बिश्वास टोड्न आफ्नै सन्तान बाध्य छन ... मनले त आफ्नो मान्छ नै तर यो रोगले आफ्नो मान्दैन रैछ अभावमा जेलिएको म अनि आकाशले अश्रुधारा बगाएको दिन म काम बिना खालि बस्नु परेकाे दिन मेरि मायालुलाई सम्झन्छु भाैतिक शरिर सामुन्ने नभई दिंदा पनि उन्को तस्बिरको दर्शनले मन अघाउन खोज्छु हेर त मानव शरिर कति लचिलाे छ
जहाँ पनि जसरी पनी दर्शन गर्न मिल्ने त्यसैले त अतितकाे सम्झनामा हैन सायद वर्तमानकाे खेलमा नै धेरै समय चल्न दिने मनाशय छैन मलाई अस्तित्वकाे गड्याङ् गुडुङ् गर्छ आकाशमा र उनकाे अवस्थिति खज्मजिन्छ अनायासै म पनि झसङ्ग हुन्छु र छाम्छु आफैंलाई अहाे याे झरिकाे उदारता आकाशबाट पानी बर्सिदा म त अल्झेकाे रैछु मायालुकाे तन्द्रामा र गड्याम्म एउटा चट्याङ्ग अलिक केही दुरिमै बर्सेकाे रैछ ,.!म त सम्झाईको गहिराई पो नियाल्न पुगेछु
यसै गरि म कहिले जिन्दगीले मलाई खेलायो कहिले आफै जिन्दगी सङ्ग खेले अहिले थाहा छैन जिन्दगीले मलाई खेलाएको छ कि मैले जिन्दगी लाई न यो थाहा छ जितका लागि खेल्दै छुकि म हारको लागि जिन्दगीको यो लुकाछिपी जस्तो लाग्ने खेल म निरन्तर खेलिरहेको छु जो कुन दिन पुर्ण बिराम लाग्छ त्यो टुंगो छैन ।एकातिर कोरोना भाइरसले ग्रस्त अर्को तिर भ्रष्टाचार / कालोबजारी उग्र रुप लिए संगै म सोच्छु कि यो कोरोना भाइरस पनि सरकारी बजेट जस्तै हुनु पर्ने गरीब सम्म पुग्नै न सक्ने मन्त्री र नेताहरु सम्म नै सिमीत हुनपर्ने यतिसम्म त्रास भएको छ कि आजभोली हरेक घरमा बूढीले दाल-तरकारीमा नून राख्न बिर्सीए
बुढो दिनभरी तनावमा छ, स्वाद नै थाहा भएन त कतै मलाई कोरोना त भएन 🤔🤔 आफ्ना छोराछोरीको भबिस्य उज्यालो बनाउन बाबुआमाले आफ्नो भोकतिर्खा बुझाएर केही रकम तिरेका विद्यालयहरु बन्द छन् । निर्धारित परीक्षा स्थगित गरिएको छ । आफ्नो छोराछोरीले शिक्षा उज्यालो पाउन भन्ने आमाबाबा लाचार छन किताव कापी बोकेर विद्यालयमा हुनुपर्ने विद्यार्थी आज घर–घरमा ईन्टरनेटको माध्यमबाट बिधालयमा जोडिएका छन ती साना भर्खरै बोली फुट्दै गरेका केटाकेटीले के पढ्ने ईन्टरनेटको साहायताबाट। घर बस्दा विद्यार्थीको लेखपढ गर्ने बानीमा परिवर्तन आउने र पढिजानी सकेका विषय समेत भुल्ने खतरा छ ।
कोरोना रोकथाम कसरी निर्मूल पार्ने र यसको रोकथाम कसरी गर्ने भन्ने बारेमा सरकार छलफलमा जानुपर्थ्यो
यहि हिजो अस्ति र आजको अनुपातमा संक्रमित बढदै गएको खण्डमा भोलिको अबस्था एकदम भयभीत हुन सक्छ।
सारा जनतालाई घरभित्र कोचेर निम्न बर्गको रोजीरोटी खोसेर यो अबस्थामा सत्ताको फोहरी खेल खेल्नेबेला होर
भोलिको दिनमा नेता कुर्सीकोलोभी र सत्ताको भोगी कार्यकर्ता माहारोगि भन्ने नारा नलाग्ला भन्न सकिन्छ र
अब त थोरै इमानदारि त देखाऊ
सचेत बनौं ।
सुरक्षीत रहौं ।
🙏

Comments
Post a Comment