सधै झै आज पनि घाम उदाएकै छ ..!यि हावा आज पनि आफ्नै पारामा बहिरहेका छन..! पहिले झै मानिस हिजोआज पनि दौडधुप गर्दै छन..! कोहि कमाउन कोहि रमाउन त कोहि अघाउन र कसैको आज पनि भोको पेट पनि दन दन आगो बलेको बलै छ, हिजोलाई बिर्सिएर आजलाई हेर हाम्रो काठमाडौको गहना रानिपोखरी आज पनि त सुकेको सुक्यै छ, राज्यको ढुकुटी रित्तिनु रित्तिएछ, कि कसो सत्तामा बसेर बेमौषमको उत्सवमा सरकारले रत्यौली खेलेर,खादो आफैलाई नखादो आफैलाई ओढाएर,आफूले आफैलाई नदुखुन्जेल धाप मारेर, अझै चोखो हुने युक्ति पनि त गरिएकै छ, हेर त यो नेपाल हो, यहा जे पनि हुन्छ नयाँ नयाँ गफाडिहरू नै सत्तामा पुग्छन माहामारीको नाम दिएर हूलका हूल जम्मा भएर, हिडेका हिडै छन जात र धर्मको नाममा आ-आफ्नै भजन गाएका गाएै छन् यता एकनासले कोहि मोटाउदै छ त कोहि.. भोकले मरिरहेछ भष्मासुरहरु कुर्सी दाऊमा छन्, एकले आर्काको पिठ्यूमा छुरा धसेर, सेतोलाई कालो वनाउंने खेलमा आज न्यायका प्रतीक भनिखाने नै छन अब हेर त मुकुन्डो भित्र ...