सधै झै आज पनि घाम उदाएकै छ ..!यि हावा आज पनि आफ्नै पारामा बहिरहेका छन..! पहिले झै मानिस हिजोआज पनि दौडधुप गर्दै छन..! कोहि कमाउन कोहि रमाउन त कोहि अघाउन र कसैको आज पनि भोको पेट पनि दन दन आगो बलेको बलै छ, हिजोलाई बिर्सिएर आजलाई हेर हाम्रो काठमाडौको गहना रानिपोखरी आज पनि त सुकेको सुक्यै छ, राज्यको ढुकुटी रित्तिनु  रित्तिएछ, कि कसो सत्तामा बसेर बेमौषमको उत्सवमा सरकारले रत्यौली खेलेर,खादो आफैलाई नखादो आफैलाई ओढाएर,आफूले आफैलाई नदुखुन्जेल धाप मारेर, अझै चोखो हुने युक्ति पनि त गरिएकै छ, हेर त यो नेपाल हो, यहा जे पनि हुन्छ नयाँ नयाँ गफाडिहरू नै सत्तामा पुग्छन                             माहामारीको नाम दिएर   हूलका हूल जम्मा भएर, हिडेका हिडै छन


जात र धर्मको नाममा  आ-आफ्नै भजन गाएका गाएै छन्


यता एकनासले कोहि मोटाउदै छ त कोहि.. भोकले मरिरहेछ


भष्मासुरहरु कुर्सी  दाऊमा छन्,


एकले आर्काको पिठ्यूमा छुरा धसेर,


सेतोलाई कालो वनाउंने खेलमा आज न्यायका प्रतीक भनिखाने नै छन 


अब हेर त मुकुन्डो भित्र को होला पनि भन्न गाह्रो छ, आज 


र यो पनि यथार्थ हो-


थापाथलीका ती  एकथरी ईमान्न्दारहरू नै 


त्यो असभ्य नग्नताको कुरा ऊठाउंदा,


खिसि गरेको अपमान् सहन वाध्य छन्


अर्काथरी-


शितल निवासको न्यानो ओछ्यानमा,


मरेको खसमलाई स्यावासी दिंदै,


दरबारको सयलमा गमक्क परेर,


अतीतलाई पर्दा पछाडि छेलेर,


सपनाको स्वर्गलाई


विपनामा परिबर्तन गर्दै छन् ,


मान्छेको रूप भएका राक्षसहरु,


सत्रहजारको श्राद्धमा, अझैपनि


काँचो र पाकेको मासुको भोज गरेर,


लम्पट छन


रक्सीको खोलो  त वगेको वगै छ,


उता उनिहरुको ढुकुटी  एकनासले चूलिएको चूलिएै छ,


यता सर्बसाधारणको भविश्यले,वर्तमानलाई दोषी ठानेको नै छ ,


डर छ भनें, अब त्यो डर 


सुनिन्छ, कलममा मसी भरेर होइन रक्सी भरेर,


आ-आफू अनुसारको लेख लेखाईन्छ


तर  यो नठाने पनि हुन्छ,


 सबका सबको पेट  आफ्नै भण्डारणको ऊँचाईले भरेको छ भनेर,


आज कहिले उत्तरले,त कहिले दक्षिणले पेलेको पेलै छ,


तर  हाम्रो शान हिमालले मात्र आफ्नो काम ईमानन्दारीता पुर्बक गरेको छ,


सुनिन्छ कतै राजा ढलेको छ, त 


कतै सरकार नै पल्टिएको छ




यी यस्तै छ,


अव त, साँचो के हो,


सवैलाई थाहा छ, हिजो


सडकमै जीवन खोज्नेले आज भोको पेट सम्झिए

वर्षौदेखि  अन्यत्र मिल्किएकाले बाझा


खेत सम्झिए  महंगीले आज आकाश छुदाॅ  हेर त चुलो बाल्नै गाह्रो   ठगीपनले अशक्त र बेसाहारालाई  मागी  खानै  गाह्रो   गाउँघर नै प्यारो थियो रातदिनै जोतिदानि दुई छाक नै गारो किन शहर पसि आज फेरि  नियतिले बनाएका सामाजिक विभेद सम्झिए  स्वार्थै स्वार्थमा लिप्त हुन्छ  वर्तमानमा मान्छे त्यसैले तपस्यारत ज्ञानी बुद्धका पीपलका फेद सम्झिए

Comments

Popular posts from this blog

शुभ जन्मोत्सव बहिनि

भो नगरौ प्रेम

गजल