एक मात्र साथी
मुस्काउनु पर्छ यो स्वार्थि दुनियाँको सामु यहाँ पिडालाई नै जिन्दगी भनिन्छ ? मैले सोधे मेरो आँखाबाट उस्को नाममा पोखिदै गरेको पानीलाई कत्ती बहन्छौ तिमी अझै उस्कै सम्झनामा ...अझै कति भिजाउछौ तिम्रा सुरक्षाका निम्ति पर्खाल भई उभिएका परेलिलाई.! उ निशब्द थियो..!पिडा र हासोको संङ्गम हो जिन्दगी अघि घाम त पछि छाया भन त किन बर्षात खोज्छौ ... त्यसै बखत उत्तर आयो ...सहनेलाई थाहा हुन्छ पीडा के हो तिमी हासी हासि कसरी अनुभव गर्न सक्छौ ..म थोरै उत्सुक भएर अर्को प्रश्न गरे ! कुनै दिन आँसु नै रोयो भने त झन त्यस्को रङ कस्तो होला..उत्तर आयो कि……दु:ख भित्र को दु:खको त्यो माओल झन कस्तो होला। यति सुने पश्चात म निशब्द छु .एकाएक मलाई ती दिन याद आईरहे जब………
अब कसरी भनौ कि हामी एक हैनौ जब :
👉️ हामी सङ्गै खान्छौ सङ्गौ पिउछौ
👉️ सङ्गै सङ्गै सुत्छौ सङ्गै सङ्गै उठछौ
👉️सहरका कुना कुना र गाउका डाडापाखा सङ्गै डुल्छौ 👉️म र उ मनका पीडाहरु खुलेर भन्छौ 👉️हरपल जिन्दगिको यात्राहरु सङ्गै लम्कन्छौ 👉️ हामि सङ्गै उफ्रन्छौ सङ्गै कराउछौ 👉️ थाहा छ भोलि हामी दुई यो सन्सारबाट सङ्गै हराउछौ 👉️एक दिन मैले प्रश्न गरे तिमी किन मेरै वरिपरि डुलिरहन्छौ उत्तर थियो ;- यो स्वार्थी दुनियाँ हो कसैलाई साथमा रहन पनि स्पष्टीकरण दिनपर्छ...र ... एकैछिन रोकिएर भन्यो कि... तिम्रो प्रेमको नाममा मेरो नाम बद्नाम भईसक्यो ..👉️मैले हत्तपत्त सोधे ... कसरी ... उस्लै हास्दै भन्यो ..जब तिमी प्रेममा गहिरिएर डुबेको हुन्छौ त्यतिबेला कसैले बिचबाटो मै छाडिडियो भने तिमी यो भन्छौ कि आफ्नै छायाको त बिस्वास हुन्न अरुको त के कुरा .. म निशब्द भए म सङ्ग कुनै शब्द भएनन त्यही बेला उस्ले भन्यो हिम्मत हार्न हुन्न . यो दुनिया त यसै नै स्वार्थी छ.. भन्दैमा पछि नहट.. हेर त रोकावट त धेरै नै आउछन जिन्दगीमा यात्रा गर्दा गर्दै.... अब त्यो आकाश भेट्ने चाहानामा उडेको बादललाई थाहा छैन भेट्छु कि नाई.. त्यही उडिरहेको बादलको सामना गरेर धर्तिमा झुल्किने दियो ( सुर्यलाई) थाहा छैन .. र मलाई थाहा छैन कि बादलबाट छिरेका सुर्यको किरण बिना म तिम्रो नजिक हुन्छु कि हुन्न ........ यो सुन्ने बित्तिकै आँखा रसिलो भईसकेको थियो 👉️ यत्तिकैमा आशुले भन्यो ..अझै कता टोलाउदै छस .. झुठो बोल्दै भने कतै होइन,,यत्तिकैमा म माथी उडिरहेको कालो बादलको बेगले सुर्यलाई ढपक्क छेकिदियो र म बाट मेरै छेउमा रहेको साथी नै बिलिन भयो ! म एकछिन टोलाईरहे ! साझ पनि परिसकेको थियो ! केही बेर पश्चात म उस्को खोजिमा यता उता भौतारिन थाले: त्यो रात त्यतिकै सोच्दा सोच्दै बित्यो तर उस्लाई मैले भेट्न सकिन ! लाग्थियो उ म बाट टाढा गैइसकेको थियो ! भोलि बिहान जब मेरा आँखा अनायासै खुले म सङ्ग सोच्न अरु केही बाकी थिएन मात्र यो थियो कि 👉️ कहाँ गयो मेरो साथी भन्दै म फेरि यता उता भौतारिन थाले ! जति खोजी गर्दा पनि मैले उस्लाई देख्न सकिन ! लाग्यो कि म दृष्टिबिहिन भैसके किन मेरो नजर उ माथी राख्न सकिन के यति पनि क्षमता छैन त ? म सङ्ग भन्दै म आफै माथी प्रश्नहरुको पहाड लगाउन बाध्य भए र बन्द कोठामा गएर म त्यही खाटमा ढले मन मनै अनेक कुराहरु खेलाउन थाले ! त्यो बेला सम्म त मेरो कोठामा रहेका ती काचका झ्यालबाट सुर्यका किरण बिस्तारै भित्र छिर्दै थिए ! मलाई ती सुर्यका किरणहरुले छुट्टै आभास दिलाए र म त्यतिनैबेला आफ्नो कोठाबाट बाहिर निस्किए ! त्यहा कोहि थिएनन मेरा आफन्त थिए त केवल कसैलाई भेट्ने झिनो आशामा म सङ्गै उभ्भिएको मेरो छाया थियो तर पनि म भित्र कुनै खुशी को सिमा थिएन ! मेरो अठोट ,मेरो हिम्मत ,साच्चै भन्नुपर्दा त एक सच्चा मित्र मात्र नभएर मेरो अर्को रुप मेरो सचित्र , मेरो छाया भेटेको थिए लाग्यो मैले ससार जिते झै खुशी थिए ! जो मेरो साथी न भेटेको थिए ! खुशि भएर म टुसुक्क बसे !! उ पनि मेरो नजिकै आएर म सङ्गै बस्यो र आफू सङ्ग खादिएर रहेका सबै कुरा सुनाउन थाले हेर न कति मिलनसार छ कुनै प्रतिबाद बिना नै मेरो हरेक कुरा सुनिदिन्छ ! म हास्दा बिना स्वार्थ हास्दिन्छ म रुदा बिना स्वार्थ रोईदिन्छ कति प्यारो साथी छ 👉️उ सङ्ग हुदा न त समाज , आफ्नाजन, प्रेमिका , कसैको कमि महसुस हुनदिन्छ !!उ हुन्छ त केवल खुसीको बहार हुन्छ ! उस्ले दिएको खुशिको बदलामा बिभिन्न उपनाम मैले स्विकार्न चाहिँ पर्छ जस्तै =पागल , बेइज्जती यस्तै यस्तै = मलाई कुनै मत्लब थिएन !जब मैले आफ्ना भनौदाको साथमा रहदा चिन्न नसकेको साथि पाएको थिए ! जतिबेला म आफन्त देखि टाढा भए तब उसलाई चिन्न बाध्य भए त्यतिबेला सम्म देखेका सबै सपनाहरू आँखाबाट हराई सकेका थिए !!मेरा अठोटहरू मनबाट पटक पटक चुकिसकेका थिए !! जब मान्छेहरुको भिडमा म नितान्त एक्लो भए 👉️परिचित अनुहारहरु पनि अपरिचित जस्तै लाग्न थाले 👉️बोलेर नथाक्ने यी ओठहरु.....! अनयासै मौन रहन रुचाउँन थाले 👉️थाहा थिएन म बद्लिदै थिए कि गाएब हुँदै तर पनि याद राख्नुस महोदय 👉️हराएर जाने सबै कुरा गायब हुन्छन भन्ने हुदैन 👉️घाम साँझ पख हराएर गएपछि 👉️सम्झना स्वरूप जूनसंग छाया छोडेर जान्छ.! सोचेर हेर त 👉️आफैलाई ढाटने कहिल्यै आफ्नो छाया हुदैन👉️भावना जो सङ्ग पनि हुन्छ र बिश्वाश जो सङ्ग नि गर्न सकिन्छ जस्तै मैले मेरो छायालाई गरे❤️ नछाम्नु प्रेमिकालाई दिलको दायाँ बायाँ स्वार्थ बिनाको प्रेम गर्ने कोइ हुदैन??चोट लाग्दा आँसु नझर्ने कोइ हुदैन?? यहाँ 👉️किन चिन्ता गर्छौ उधारो जिन्दगिको कहिले पनि मर्न नपर्ने कोइ हुदैन ।। त्यसैले पानीमा आफ्नो साथी हेरेर खुसी हुदा केही फरक पर्दैन साथी सङ्ग बिस्वास हुनुपर्छ !! उ न त म सङ्ग टाढिन्छ !! न त म बाट फाटिन्छ्🥀 मात्र मेरो एक मात्र साथि छ सबै भन्दा माथी छ्💗

Comments
Post a Comment