Posts

Showing posts from July, 2023

जानेछु शरीर धर्तिमा छाडेर धुवा बनी त्यो बादल पारिको देशमा

Image
 यो हतार अनि हतासको जिन्दगीबाट  थक हार भैसके म ,,   अब निदाउने मन छ बेसरी  जुन निदबाट म फेरि कहिल्यै ब्युझिन  नपरोस  नतमस्तक भएर जान  मन छ मलाई  शरीर धर्तिमा छाडेर  धुवा बनी त्यो बादल पारिको देशमा ,,,,,  त्यसैले त आज भोलि  घरको खाट भन्दा बढी  त्यो घाट जाने रहर जाग्छ  मन ब्याकुल हुन्छ 👉️ प्रश्न गर्छ आफै सङ  त्यो चित्तामा लम्पसार मुर्दा देखेर  अनि भन्छ ,  आखिर मेरो पालो कहिले आउछ ?? सोच्छु  आफै ढिलो चाडाे न हो  एक दिन त अवश्य म नि जानेछु   दुई दिने जिन्दगीको रित त्यागेर   माया , मोहो , अनि आफ्ना सङको प्रीत त्यागेर एक अलौकिक सन्सारमा  यस्तो सन्सार जो कसैले देखेको छैन  र जिवित होउन्जेल कदमकदाचित देख्ने छैन ,,,  सोच्छु  म निदाउने छु  अनि म सङै सदाको लागि निदाउने छन  मेरा सपना ती कलिला रहरहरु   अब त रत्तिभर निद्रा लाग्दैन  मस्तिष्क र मनको द्वन्द चल्छ  हर रात ,, अनि घायल हुन्छु लाचार छु म  केही गर्न सक्दिन  गर्न त के सोच...