जानेछु शरीर धर्तिमा छाडेर धुवा बनी त्यो बादल पारिको देशमा
यो हतार अनि हतासको जिन्दगीबाट थक हार भैसके म ,,
अब निदाउने मन छ बेसरी जुन निदबाट म फेरि कहिल्यै ब्युझिन नपरोस
नतमस्तक भएर जान मन छ मलाई
शरीर धर्तिमा छाडेर धुवा बनी त्यो बादल पारिको देशमा ,,,,,
त्यसैले त आज भोलि
घरको खाट भन्दा बढी
त्यो घाट जाने रहर जाग्छ
मन ब्याकुल हुन्छ 👉️ प्रश्न गर्छ आफै सङ
त्यो चित्तामा लम्पसार मुर्दा देखेर
अनि भन्छ , आखिर मेरो पालो कहिले आउछ ??
सोच्छु आफै ढिलो चाडाे न हो
एक दिन त अवश्य म नि जानेछु
दुई दिने जिन्दगीको रित त्यागेर
माया , मोहो , अनि आफ्ना सङको प्रीत त्यागेर
एक अलौकिक सन्सारमा
यस्तो सन्सार जो कसैले देखेको छैन
र जिवित होउन्जेल कदमकदाचित देख्ने छैन ,,,
सोच्छु म निदाउने छु
अनि म सङै सदाको लागि निदाउने छन
मेरा सपना ती कलिला रहरहरु
अब त रत्तिभर निद्रा लाग्दैन
मस्तिष्क र मनको द्वन्द चल्छ
हर रात ,,
अनि घायल हुन्छु लाचार छु म
केही गर्न सक्दिन
गर्न त के सोच्नै सक्दिन
शरीरबाट त जिवित छ , म भित्रको मान्छे
पटक पटक मरि सकेको छ , मन भित्रको मान्छे
अब प्रतीक्षा केवल
त्यो अनुकुल घडीको
जो आउनेछ सरर वायुपन्खी विमानमा
अनि लैजाने छ मलाई
आफू सङै कल्पनाको सुन्दर शहरमा ,,,
अब आओस मलाई निद गहिरो
जुन निद बाट म ब्युझन न सकु
अब आओस पालो जाने मेरो पनि
त्यो फुलले सजिएको चितामा लम्पसार भएर
सदाको लागि निदाउन
अब आसा अभिलाषा केही बाकी छैनन् म भित्र
त्यै सन्सार प्यारो मेरा लागि
जहाँ मलाई कोहि चाहिदैन
जहाँ म कसैलाइ चाहिदैन
कथा , व्यथा , पिडा , कुन्ठा सबै थकान
मेटाउने छु
त्यै घाटमा अचेत अबस्थामा लम्पसार परि
अनि हुने छु पराइ सबैका लागि सधैका लागि
र जाने छु मोक्ष प्राप्तिका लागि
पुनः न फर्कने गरि ,
मैले सोचेको अलौकिक सन्सारमा !!!!

Comments
Post a Comment