गजल
लाग्या थिएन यो दुखद कहानी हुन्छ
तिम्रो फोटो हेर्दा आँखामा पानी हुन्छ
म आफु बर्बाद भएको हुँ मेरै कारणले
बत्तिमा झुम्ने पुतली पनि खरानी हुन्छ
तिम्रै नयनले संसार हेर्ने रहर गरियो
भ्रम रहेछ उ नै मेरो आँखाको नानी हुन्छ
थोरै खुसि मेरो भागमा पनि त भए हुने
सँधै किन दु:खै दुखको आम्दानी हुन्छ
Comments
Post a Comment