गजल

 अब मलाई लिनु छैन बाँकी दिनु छैन

बिर्सनेहरुलाई घरि घरि सम्झिनु छैन


अचेल मेरो मन मुटु मेरै साथमा रहेन

प्रेम गुमेपछि बाँकी केहि सकिनु छैन


उसले झुक्किएर पनि मलाई सम्झन्न

मैले जिन्दगी भर उसैलाई बिर्सिनु छैन


मैले नौनी बनाए मुटु तपतप चुहिरह्यो

दुख्छ मन पत्थर बनाउछु पग्लिनु छैन 

Comments

Popular posts from this blog

शुभ जन्मोत्सव बहिनि

भो नगरौ प्रेम

गजल