गजल💗
हाँस्दै रुन्छ, रुँदै हाँस्छ यो मन अचम्मको
मनमा पहाड बोकि बाँच्छ जीवन अचम्मको
बगर सोच्थ्यो नदीसँग बढ्यो आत्मियता
त्यै' नदीले लगाइदियो वचन अचम्मको
देवकोटाका पालामा झैँ इमान्दार छ कहाँ
भोट गएसि घर बिर्सन्छ मदन अचम्मको
बर्षाैँपछि फर्कँदानि उस्तै स्वागत गर्छ
आँफू जन्मि हुर्किएको आँगन अचम्मको
आँखाबाट गएपनि दिलमै हुन्छन् कोही
अरु भन्दा पिरतीको बन्धन अचम्मको
Comments
Post a Comment