गजल
छल्न पनि यसरि छलेउ अचम्म लाग्छ
यता निभेउ उता बलेउ अचम्म लाग्छ
मेरै काखमा बसेर पनि मेरै नहुने तिमि
सधै अरुकै लागि चलेउ अचम्म लाग्छ
दङ्गपरि बसेको छ यहा छेपारो अचेल
वाह ! क्या रंग बदलेउ ,, अचम्म लाग्छ
प्यासले पानि भेटेर नि पिउन नजानेर
बेर्थै, कुवा संग जलेउ अचम्म लाग्छ
Comments
Post a Comment