गजल
यो बलिरहने यौवनमा आगोलाई बल्न देउ,
यो जलिरहने मुटुलाई बरु अझ जल्न देउ।।
~~
उमेर छँदै होनि अल्लारेपन र बैँसालु जोबन,
जे भनेपनि यथार्थ अनुभव गरेर गल्न देउ।।
~~
जन्मेपछि मर्नै पर्छ सबैले जानेकै हो कुरो,
त्यसैले बाँचिन्जेललाई खुसीसँग चल्न देउ।।
~~
जवानीमा हिसाब राख्ने गर्दैन कसैले पनि,
जति जे हुन्छ आँखानै चिम्म गरि छल्न देउ।।
Comments
Post a Comment