मंसिर लाग्यो त बाबू
मंसिर लाग्यो त बाबू घरकाले भन्छन..! अब त बिहे गर्ने बेला भयो के छ बिचार ..!केटि आफैले खोजे होलास कि हामिले हेर्न पर्ने हो..!म जस्ताले न त केटि नै खोजेको छु ..!न त केटि खोज्ने रुचि नै छ ..!पण्डित आउछन टुसुक्क बस्दै भन्छन :गुलियो चियाको स्वादमा : बाबू राम्रो परिवारमा एउटा असल वरको खोजिमा छन ..!कुरा चलाउ त..! म भैगो भन्दै जुरुक्क उठेर चोकतिर लाग्छु ..!त्यतिकैमा आफन्तको फोन आउँछ भन्छन: बाबू अब त बेला भयो त ..भोज खुवाउने हैन ..यो मंसिर खेर हाल्न हुन्न है ..!म केही बोल्दिन..! नसुने झै गरि फोन राख्दिन्छु र चिया दोकान छिर्छु..! त्यहा भेटिन्छन आफ्नै "जुत्तिहरु "अरुले मादल सम्झेर बजाएको मलाई अब साथिहरुले के बाकी राख्थिए र..! भन्न थाल्छन अब :हाम्रो फलानो साथी छे तलाई याद छ नि फलानी ..! तं संग जोडि मिल्ने तलाई मन पनि पराउछे , उनिहरु यस्ता सम्म छन कि म भन्दा त्यो केटि उमेरले बहिनी छे पनि सोच्दैनन भन्दिन पाए हुने...। अब मात्र केटीहरूले बिहे गर्ने बेला भएन, म पनि तपाईंजस्तै केटा खोजिरहेकी छु भनेर सोध्दैनन् र खुशी लाग्छ....! कता कता..दुख पनि लाग्छ.. जति उमेर बढ्दै गाछ त्यति नै...जिम्मेवारी पनि बढ्दै गएको छ.आफ्ना आबस्यक्ता बढ्दै गाको छ..आफ्नो सपनाको उचाइ बढ्दै गाको छ...र आफू भने त्यही बालापन फेरि फर्केर आए हुन्थ्यो भन्दै.टोलाउछु..र सोच्न थाल्छु कति रमाइला थिए ती दिन..अहाे ! नत कुनै पिर न कुनै चिन्ता.. नै थियो..जे थियो त एउटा मात्रै खुशीको घर थियो...गाउँ भरिका थुप्रै साथीहरुको दोबाटोमा जम्काभेट..केहि बेरको मिलन त केही बेरको झगडा ..झगडा झगडामा नै माया त्यहा दुश्मनीको नाममा हुन्थियो त केवल कट्टी .. अहिले कल्पना गर्न नसकिने.. ति बालुवाका घर अनि..हाम्रा ती ढुङ्गाका गाडीहरू..खेल्दै घन्टौ रमाउथियौ.. त्यतिबेलाको वास्तविक ससार भनेको नै .. घर र घर बाहिरको आगन थियो.. कसैले ठूलो स्वर गरे मात्र धुरुक्क रुदै आमाको काखमा बस्ने गर्थियौ शरिरमा कपडा होस नहोस मल्तब हुदैनथियो.. मात्र साथी सङ खेल्न पाए पुग्थियो.. खेल्न भने पछि बरु भोक पनि लाग्दैन थियो..घरमा कसैलाई केही भयो आफन्त बिरामी भए भने पनि हामीलाई त्यो कुनै कुरामा मत्लब थिएन.. हामिलाई हरेक दिन चाड जस्तै नै थियो.. तर पनि दशै कहिले आउला भन्दै औला भाच्दै दिन महिना गते बार गन्दै बस्थियौ .. दशैमा खुसि हुँदै मामाघर जानुकाे मज्जा आहा साच्चिकै कति रमाईला थिए ती दिनहरू तर जति उमेर बढ्दै गयाे उति नै चाडपर्वहरू पनि खल्लाे लाग्दैगयो.बालापन सार्है नै रमाइलो थियो काठका मुडामा चिप्लेटी खेल्ने कागजको हेलिकप्टर उडाउदा दिन गएको पत्तै नहुने .. कागजको डुङ्गा बनाउदै पानीमा बगाउदै साथीहरु सङ्ग हासो मजाक गर्थियौ .खुट्टामा जुत्ता चप्पल नभए पनि हामी दौडीदौडी स्कुल जाने गर्थिएउ..स्कुलमा कागज पोको पारेर गुरुमाले दिएको लिटोको स्वाद आहा कति मीठो मानेर खाईन्थियो...क्या जमाना थियो ! फाटेके लुगा सिलाएर लाइन्थियो । अहिले समय परिवर्तन भएछ । कपडा पसले भन्छन नफाटेकाे लुगै पाइन्न रे !कपडा किनेर सिलाएर लाउनुस भन्छन।समय परिवर्तन भएको होकि मान्छे..लाग्छ आज पनि म हिजोको नै बालक हु उमेर छैन जस्तो लाग्छ परिपक्व.. भन्न सजिलो छ मंसिर आयो.अरे वा कति खुशी छौ है....मंसिर आयो भन्दैमा हुन्छ .. मैले जिन्दगी जिउने एउटा आधार....खोज्न परेेेन र.. सबैलाई थाहा छ त जिन्दगीमा हातेमालो गर्दा सारा आफ्नोपन छुटाउनपर्छ. शरिरका सारा नसा नै चुडिने गरि गरिएको मेहनतको गन्ती हुनपर्छ... हो...गरिबीको चपेटामा पिल्सिएको मेरो परिवार..अनि म उभिएको एक टुक्रा जमिन/म ओतिएको मेरो महल बराबरको झुप्रो/मेेेेरो मन बिसाउने आगनिका डिल सबै गुटुमुटु पारेर साहुलाई बुझाउदा मेेेरो पनि मन कहा खुशी हुन्छ र आफ्नो जमिन आफ्नै पसिनाले सिचाउने मेरा रहरहरु..! स्वदेसमा नै आयआर्जनको सपना देखेर ..! केही समयलाई मात्र भनेपनी सहि बिदेशीको नजरमा अलमलिएको बेला..कति दुखी होला "परदेशि " परदेशले आफ्नो देश फर्क भन्छ..जब आफ्नो देशले हुदैन पर्ख भन्छ..अनि यी आखाको आँशुकोबेग भुईमा पर्छ जिन्दगीको दोसाधमा... जताततै सुनैसुन मात्र हुन्थ्यो भने पनि एकमुठी माटोको लागि मरिहत्ते गर्थ्यो मानिसको स्वभाव छ..अहिले साल यस्तैै भयो केहि पाए होला केही गुमाए होला..जानेर नजानेर....भनिन्छ आजको दिन काटे भोलि देेेेेखिन्छ ...जीवन भए जिन्दगि रमाउछ आमा बाबा ..उमेर ढलेको छैन आफन्त हातपाउ गले पनि हिम्मत गलेको छैन...सपना मरे पनि चाहना मरेको छैन..बर्तमान जस्तो भएपनी अतीत सेलाको छैन...कति मुहारहरु यो आखाबाट अझै हटेको छैन.....माया प्रेम र भेट्घाट अझै पनि घटेको छैन.....जिन्दगीका कति भोकहरु अझै बाकी नै छ.....धित मरेको छैन अझै कति आशा बाकी नै छ......फुल ओइलिएर के भो, झरिसकेको त छैन.....दात झरेर के भो,गिजाले चपाउन त छोडेको छैन।यो मङ्सिर गयो त के भयो..अर्को मङ्सिर नआउने कुनै.. भित्तेपात्रो छैन्🙏
Comments
Post a Comment