Posts

Showing posts from September, 2020

मेरो जन्मभुमि ❣️

Image
किन नौलो लाग्छ आफ्नै जन्मभूमि  मेरो गाउको सुन्दरतामा रमाउनेहरु लाई स्वागत छ  प्राकृतिक  सौंन्दर्यतामा हराउनेहरु लाई स्वागत छ  खोला नाला हिमाल पहाड तराई हरियो सुन्दर वन  धर्ती को स्वर्ग मा हाँस्ने हँसाउनेहरु लाई स्वागत छ  आउनुस रमाउनुस कस्तो छ मेरो प्यारो जन्मभुमी प्राकृतिक सम्पदालाई बचाउनेहरु लाई स्वागत छ  संस्कृति र प्रकृतिले धनी सच्च नेपाली स्वभिमानी  नेपालकै चित्र दिलमा सजाउनेहरु लाई स्वागत छ 👇️👇️👇️👇️👇️👇️ अध्ययनको शिलशिलामा गाँउ बाट तल झरें । स्वच्छ हावापानी छोडि म तामाकोसी  तरें । उराँठलाग्दो मरुभूमि झैं काठमाण्डौ शहरमा , मेरो गाँउ गुन्सि संझी तड्पिएर पल-पल रोएँ । प्रकृतिले छरेकि छिन अनमोल उपहार । गुन्सीको बिचमा छ हाम्रो सानो बजार । हरियो डाडा पाखाको काखमा सुति मुस्कुराउँछ हर पल हाम्रो सानो शहर । गुन्सिको फेदिमा चौरी खोली बग्छिन् । सारा सजिवहरुको प्यास मेट्ने गर्दछिन् । किनाराका हरियाली खेतीपाती हेर्दै , आफ्नो सिप देखि उनि आफै दङ्ग पर्छिन । देउरालीको ठिक पारिपट्टि भदौरे  गाँउ छ । मेरो जन्मभूमी पनि त्यहिँ ठाउँमा पर्छ । सुन्दरताल...

जिन्दगिको उदाउँदो घाम त जन्मदाता हुन्😍😍❣️🙏

Image
 सम्बन्ध त बिग्री सक्यो ।त्यै पनि मन थामिएन  त्यो तिम्रो मिठो बोली" अनि ती तिम्रा गुलिया शब्दहरु👉️ तिमि मेरो साहारा हौ ,तिमी मेरो सपना हौ,तिमी मेरो मुटु हौ,तिमी मेरो प्राण हौ " यस्तै यस्तै शब्दले मलाई तिम्रो प्रेमको समुन्द्रमा त डुवायौ । ठिक छ। तिम्रो बिस्वास गरेर लठ्ठ परेर मैले तिमी सँग प्रेम गर्नु मेरै दोष हो । आज पनि यस्तै यस्तै वोलेर   कसैसँग सम्बन्ध वनाउदै छौ भने । मेरो अन्तिम  बिन्ति उ माथि  पनि यसरी  मायाको जाल नफाल    प्रेमको धोका ले धेरै पोल्दो रहेछ।                                  👉️साथिहरु भन्थे तर मैले मानिन 👇️👇️                                         माया पिडा हो अरे मनमा घोपिने छुरा हो अरे। माया संसार हो अरे आसुको ताल बनाई डुबाउछ अरे। मायाले मन दुखाउछ अरे सधै रूवाउछ अरे। तर मलाई तिमी बाट यी कुराहरुको अपेक्षा थिएन तर  जे थिएन त्यही ...

आशु 🤗🤗

Image
 *-*-*  आशु  *-*-* मेरो पिडाको बोली  कस्ले सुन्छ  तँ वाहेक  कसैले मन चसक्क दुखाउँदा एकान्तमा पिडाको बोध हुदाँ  तँ नै साहारा बनी टुप्लुक्क                                          आई साथ दिन्छस्  त्यसैले त!तँ महान् छस् ।।१।। यादहरुको कल्पनामा  म एकान्तमा बस्छु  ती नै यादहरुले मनलाई  तिर रोपि पिडा दिन्छन्  त्यो पिडालाई हिम्मत दिन  तँ टुप्लुक्क आईपुग्छस् त्यसैले त!तँ महान् छस्।।२।। तैले साथ नदिने  जीव पनि कमै होलान  सायद  कसैको अपमानको विचमा दोषि वा निर्दोष होस् तेरो खोज गर्दै झारि  दिन्छन् त्यै पनि तँलाई दुःख छैन  त्यसैले त तँ महान् छस्  हे आशु त्यसैले त तँ महान् छस् ।।३।।