Posts

मुक्तक

म तिम्रो मदन अनि तिमी यसै छौ मेरि मुना आफ्नो भन्दा पनि तिम्रो माया छ सयौ गुणा तिमी नै तिमी मात्र छौ यो मनको मन्दिरमा भन त लायौ कस्तो मन्तर गर्याै नि कस्तो टुना...!❣️

एक रात एक राज लेखौला

 एक रात एक राज लेखौँला।  सबैले पढ्न सक्ने गरी त्यति साफ लेखाउँला।  न त कुनै भावना मात्र आफ्नो चाहना लेखौँला।  सुन्दरताको संसार हैन आफ्नै अवस्था लेखौँला।  धेरै नै गुनासो छ तिमीसँग जिन्दगी  अब तिम्रो बारेमा पनि छुट्टै किताब लेखाउँला।

Lines

 एउटा महाकाव्य लेख्न मन छ प्रिय..! मेरो मुटुलाई कलम अनि तिम्रो रगतलाई मसी बनाएर..! केही म "मरुँला" केही तिमी "मर्नु" हरेक हरफलाई "फाँसी" बनाएर

मुक्तक

 बास खोज्न नआउ तिमी भत्किएको घर हु म भुल्नैपर्छ तिमीले पनि यस्तो एउटा रहर हु म  किन रहर गर्छौ तिमी सिसा बनेर नजिक आउन विचार गर टुक्रिन सक्छौ एउटा कठोर पत्थर हु म

मंसिर लाग्यो त बाबू

 मंसिर लाग्यो त बाबू घरकाले भन्छन..! अब त बिहे गर्ने बेला भयो के छ बिचार ..!केटि आफैले खोजे होलास कि हामिले हेर्न पर्ने हो..!म जस्ताले न त केटि नै खोजेको छु ..!न त केटि खोज्ने रुचि नै छ ..!पण्डित आउछन टुसुक्क बस्दै भन्छन :गुलियो चियाको स्वादमा : बाबू राम्रो परिवारमा एउटा असल वरको खोजिमा छन ..!कुरा चलाउ त..! म भैगो भन्दै जुरुक्क उठेर चोकतिर लाग्छु ..!त्यतिकैमा आफन्तको फोन आउँछ भन्छन: बाबू अब त बेला भयो त ..भोज खुवाउने हैन ..यो मंसिर खेर हाल्न हुन्न है ..!म केही बोल्दिन..! नसुने झै गरि फोन राख्दिन्छु र चिया दोकान छिर्छु..! त्यहा भेटिन्छन आफ्नै "जुत्तिहरु "अरुले मादल सम्झेर बजाएको मलाई अब साथिहरुले के बाकी राख्थिए र..! भन्न थाल्छन अब :हाम्रो फलानो साथी छे तलाई याद छ नि फलानी ..! तं संग जोडि मिल्ने तलाई मन पनि पराउछे , उनिहरु यस्ता सम्म छन कि म भन्दा त्यो केटि उमेरले बहिनी छे पनि सोच्दैनन भन्दिन पाए हुने...। अब मात्र केटीहरूले बिहे गर्ने बेला भएन, म पनि तपाईंजस्तै केटा खोजिरहेकी छु भनेर सोध्दैनन् र खुशी लाग्छ....! कता कता..दुख पनि लाग्छ.. जति उमेर बढ्दै गाछ त्यति नै...जिम्मेवार...

गजल

 यो बलिरहने यौवनमा आगोलाई बल्न देउ, यो जलिरहने मुटुलाई बरु अझ जल्न देउ।। ~~ उमेर छँदै होनि अल्लारेपन र बैँसालु जोबन, जे भनेपनि यथार्थ अनुभव गरेर गल्न देउ।। ~~ जन्मेपछि मर्नै पर्छ सबैले जानेकै हो कुरो, त्यसैले बाँचिन्जेललाई खुसीसँग चल्न देउ।। ~~ जवानीमा हिसाब राख्ने गर्दैन कसैले पनि, जति जे हुन्छ आँखानै चिम्म  गरि छल्न देउ।।

गजल

छल्न पनि यसरि छलेउ अचम्म लाग्छ  यता निभेउ उता बलेउ अचम्म लाग्छ  मेरै काखमा बसेर पनि मेरै नहुने तिमि  सधै अरुकै लागि चलेउ अचम्म लाग्छ  दङ्गपरि बसेको छ यहा छेपारो अचेल  वाह ! क्या रंग बदलेउ ,, अचम्म लाग्छ  प्यासले पानि भेटेर नि पिउन  नजानेर  बेर्थै, कुवा संग जलेउ अचम्म लाग्छ