Posts

Showing posts from November, 2023

गजल💗

 हाँस्दै रुन्छ, रुँदै हाँस्छ यो मन अचम्मको  मनमा पहाड बोकि बाँच्छ जीवन अचम्मको बगर सोच्थ्यो नदीसँग बढ्यो आत्मियता  त्यै' नदीले लगाइदियो वचन अचम्मको  देवकोटाका पालामा झैँ इमान्दार छ कहाँ  भोट गएसि घर बिर्सन्छ मदन अचम्मको  बर्षाैँपछि फर्कँदानि उस्तै स्वागत गर्छ  आँफू जन्मि हुर्किएको आँगन अचम्मको  आँखाबाट गएपनि दिलमै हुन्छन् कोही अरु भन्दा पिरतीको बन्धन अचम्मको 

गजल

 यो मन डढेर आगो भाछ खरानी भाछ बर्सन्छ आँखा दमकलको पानी भाछ सुख  आउँन  साथ  जानै हतार गर्छ अचेल दिल पिडाको राजधानी भाछ अब प्रेमिल सपनाहरु नदेखाउ मलाई यादसँगै दिन कटाउने मेरो बानी भाछ  प्रिय सफलताका कथा होलान् तिम्रा  मेरो प्रेम असफलताको कहानी भाछ  

गजल

यो कस्तो सम्बन्ध हो दियोको हुरीसँग नाप्न जोख्न नमिल्ने मनमुटुको दुरीसँग सम्बन्धको बजारमा नया नियम आयो अचानोको प्रेम प्रगाढ रहेछ खुकुरीसँग समर्पण गर्नुको एक उदाहरण हेर्नुहोस घाउले मलम माग्छ चोट दिने छुरिसँग बराबरी गर्न पनि त बराबरको हुनुपर्छ  तुलाना के गर्नु अब म मानोले मुरीसँग 

गजल

 अब मलाई लिनु छैन बाँकी दिनु छैन बिर्सनेहरुलाई घरि घरि सम्झिनु छैन अचेल मेरो मन मुटु मेरै साथमा रहेन प्रेम गुमेपछि बाँकी केहि सकिनु छैन उसले झुक्किएर पनि मलाई सम्झन्न मैले जिन्दगी भर उसैलाई बिर्सिनु छैन मैले नौनी बनाए मुटु तपतप चुहिरह्यो दुख्छ मन पत्थर बनाउछु पग्लिनु छैन 

गजल

Image
 साँझमा सपनिमा भेट्न आश हुन्छ उज्यालो हुन्छ सबै सत्यानाश हुन्छ जिन्दगी जलिरहेछ धिप धिप गरेर थाहा छैन कुन क्षण स्वर्गवास हुन्छ रहर देख्न पनि रहर छैन आजकल आँखा अगाडी रहरको तमास हुन्छ बस्नेहरुलाई मुटुमा सजाएर राख्छु उड्नेहरुलाई सिङ्गो आकाश हुन्छ 🥹❤️🥀

गजल

लाग्या थिएन यो दुखद कहानी हुन्छ तिम्रो फोटो हेर्दा आँखामा पानी हुन्छ म आफु बर्बाद भएको हुँ मेरै कारणले बत्तिमा झुम्ने पुतली पनि खरानी हुन्छ तिम्रै  नयनले संसार हेर्ने रहर गरियो भ्रम रहेछ उ नै मेरो आँखाको नानी हुन्छ थोरै खुसि मेरो भागमा पनि त भए हुने सँधै किन दु:खै दुखको आम्दानी हुन्छ 

भो नगरौ प्रेम

Image
  दिवसै पिच्छे गुलाब बोकेर  शंकै पिच्छे जवाफ बोकेर  भो नगरौं प्रेम ! उसले गरेको देखेर  यसले देखाएको देखेर भो नगरौं प्रेम ! आँखा चिम्लिंदा  जे उज्यालो देखिन्छ, त्यही हो प्रेम ! जीवन रित्तिंदा पनि  जे भरिभराऊ देखिन्छ, त्यही हो प्रेम ! थोरै रहर हो प्रेम, अलिकती डर हो प्रेम ! सास दिनेहरुलाई दुख्छ कि भनी डराउनु हो प्रेम आस दिनेहरुलाई बिझ्छ कि भनी घबराउनु हो प्रेम  कुनै चल्तीको फिल्मी डाइलग चोरेर  ‘प्यार किया तो डरना क्या’ को शैलीमा  भो नगरौं प्रेम ! बिहान घाम संगै उदाउँछ प्रेम  दिउँसो काम संगै रमाउँछ प्रेम  रात परे पछि सपना संगै निदाउँछ प्रेम, आफ्नै बाटोमा हिंडिरहने प्रेमलाई घिच्याएर,घिसारेर,लतारेर  काँचका पर्दाहरुमा,  भो नगरौं प्रेम ! अभावको अगेनोमा  कहिलेकाहिं खुसी पाक्यो भने  ‘बाँडेर खाम’ भन्छ प्रेम ! च्यातिएको अस्कोटको गोजीमा  कसै गरी आसा अडियो भने  ‘भरोसाको जग उठाम’ भन्छ प्रेम ! हाँडीमा खुसीले उफ्रिरहेका  मकैका फूलाहरुलाई ‘क्याफे’ मा लगी  ‘पपकर्न’ बोलाएर भो नगरौं प्रेम ! कतै टाढा जाओस् कोही, त...